समाज

ललितपुर महानगरले बोलायो बेरोजगारलाई

इकागज |
मंसिर ४, २०७७ बिहीबार १४:७ बजे

ललितपुर : ललितपुर महानगरपालिकाले कोभिड-१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगारलाई बोलाएको छ ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै आफू स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा मंसिर ११ गते सम्ममा फारम भर्न आह्वान गरेको छ ।


नेपाल सरकार (मन्त्रिपरिषद्)को मंसिर ४ गतेको निर्णयानुसार रोजगारीको सम्भाव्यता अध्ययन गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । सोही अनुरुप महानगरपालिकाले आह्वान गरेको हो ।

१८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नेपाली नागरिकहरुले महानगरपालिको वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउन सक्छन् ।  साथै यसबारे थप जानकारीको लागि ललितपुर महानगरपालिकाको रोजगार सेवाकेन्द्रमा सम्पर्क गर्न सकिने समेत सूचनामा उल्लेख छ । 


Author

थप समाचार
x