समाज

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन

इकागज |
जेठ १६, २०८० मंगलबार १८:३२ बजे

काठमाडौँ- ​क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज (मंगलबार) पनि अन्तिम टुङ्गो लाग्न सकेन ।​ मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शंकर पौडेलले जानकारी दिए ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । पूर्व आदेशअनुसार नै गर्नु भनेकाले थप प्रमाणको प्रक्रिया पूरा भइ नसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको बताइएको छ ।


वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।


Author

थप समाचार
x