समाज

इटहरीमा गर्मी घटेन, थप चार दिन विद्यालय बन्द

इकागज |
जेठ २१, २०८० आइतबार ८:९ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- इटहरी उपमहानगरपालिकाले थप चार विदा गरेको छ । जेठ २१ देखि २४ गतेसम्म विदा थपिएको उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि अत्यधिक गर्मी बढेकाले वर्षे विदा कटौती गरेको भन्दै जेठ १८ र १९ गते विदा दिने घोषणा गरेको थियो । पछिल्लो समय मौसममा सुधार नआएकाले थप विदा गर्नुपरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।


‘वर्षे विदाबाट विदा कटौती गर्ने भएकाले २१ देखि २४ गतेसम्म विदा सूचना जानकारी गराइन्छ,’ उनले भनेका छन् ।


Author

थप समाचार
x