नागरिकताविहीन बनाएको भन्दै युवकद्वारा माइतिघरमा आत्मदाहको प्रयास
काठमाडौँ- राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले काठमाडौँको माइतिघरमा आत्मदाहको प्रयास गरेका छन् ।
नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताविहीन संघर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् । उनले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगायत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
नागरिकताविहीन संघर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रवाद चाहिँदैन लगायतका नारा लगाउँदै माइतिघरमा प्रदर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया