लेनदेन विषयमा युवकले गरे आत्मदाहको प्रयास
जनकपुरधााम- ऋण लेनदेनको विषयमा जनकपुरधाममा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
जनकपुरधाम-१४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् । उनले आत्मदाह गर्न शरीरमा पानीको बोतलमा राखिएको पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उद्धार गरेका छन् ।
मिल्स एरियास्थित आइएमई मनी ट्रान्सफर सञ्चालक रहेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका दिएका थिए ।
तर, ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेको थाहा पाएपछि रितेश आत्मदाहको प्रयास गरेको बुझिएको छ । रितेशले आत्मदाहको प्रयास गरेको कुराको प्रहरीले पनि पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले लेनदेनको विषयमा रितेश भन्ने युवकले आत्मदाहको प्रयास गरेको खबर आएको छ । तर, विस्तृत आउन नसकेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया