नेपालमा एक दिन ढिलो गरी मनसुनको प्रवेश
काठमाडौँ- नेपालमा यस वर्षको मनसुन एक दिन ढिला गरि आगमन भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, पुर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भु-भाग र गण्डकी प्रदेशका पुर्वी भु-भागमा आगमन भएको हो ।
नेपालमा मनसुन जुन १३ मा भित्रिने गरेको छ । सदा भन्दा एक दिन ढिलो गरी मनसुनले प्रवेश पाएको छ ।
महाशाखाका अनुसार मुलुकका अन्य भागमा पनि केही दिनमा मनसुन अगाडि बढ्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया