समाज

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

इकागज |
असार ९, २०८० शनिबार १९:२९ बजे

फाइल तस्बिर

दाङ- दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका-३ का ३७ वर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । 


चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरिरहेको समयमा शनिबार अपराह्न चट्याङ लागेको थियो ।  


Author

थप समाचार
x