समाज

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने

इकागज |
असार ९, २०८० शनिबार २०:३४ बजे

बागमती- आर्थिक अभाव भएको भन्दै हेटौंडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एक सय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब र भत्ता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो ।


प्रतिष्ठान र हेटौंडा अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए । 

प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको रु सात करोड १९ लाख बजेट कम अर्थात रु १२ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । 

कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आयुर्वेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याब टेकनिसियनलगायत प्राविधिक कर्मचारी गरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन् । साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचारी पनि कटौती गरिने भएको छ । रासस


Author

थप समाचार
x