समाज

बालेन शाहविरुद्ध मुद्दा ‘हेर्न नभ्याइने’मा

इकागज |
असार १०, २०८० आइतबार १७:५१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । 

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो । 


भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ । 
 


Author

थप समाचार
x