कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो ।
करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको थियाे ।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया