Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाई हुँदै

इकागज |
असार ११, २०८० सोमबार ९:१ बजे

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाई हुँदैछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ । 

लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहत कोषमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।


ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सम्बन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ । 

तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।


Author

थप समाचार
x