पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
ढकालले आफू पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले ढकालविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार पशुपति विकास कोषमा रहँदा ढकालले १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ भ्रष्टाचार गरेका छन् ।
बिगो र जरिवाना जफत गर्ने मागदाबीसहित साेमबार आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया