समाज

महालेखा परीक्षक सुशासन कायम गर्न सहयोग गर्ने निकाय हो : कार्यबाहक महालेखापरीक्षक कुँवर

इकागज |
असार ११, २०८० सोमबार १९:३३ बजे

काठमाडौँ- महालेखापरीक्षकको कार्यालयका कार्यबाहक महालेखापरीक्षक राममाया कुँवरले महालेखा परीक्षकको कार्यालय मुलुकमा सुशासन कायम गर्न असहयोग गर्ने निकाय नभएको बताएकी छिन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै कार्यवाहक महालेखापरीक्षक कुँवरले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय महालेखापरीक्षकको कार्यालयले विकास निर्माण लगायतका क्षेत्रमा असहयोग गरेको आरोप लाग्न थालेको भन्दै महालेखापरीक्षकको कार्यालय सहयोग गर्ने निकाय भएको स्पष्ट पारिन् ।


उनले महालेखापरीक्षकको कार्यालयले बेरुजु लगायतका कुराहरू सार्वजनिक गर्दा विकास निर्माणका काममा ढिला सुस्ती भएको आरोप लाग्ने गरेको बताइन् । उनले महालेखापरीक्षकको कार्यालयले अनियमितता, सीमाभन्दा बाहिर गएर काम गर्न खोजेको ठाउँमा औंल्याउने काम गरेकाले विकास निर्माणका काममा ढिला सुस्ती भएको स्वीकार गरिन् ।

कुँवरले स्थानीय तह तथा अन्य निकायहरूले आरोप लगाउनु जायज भएको बताइन् । उनले स्थानीय तहको बेरुजु कम गर्नका लागि स्थानीय तहबाट नै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले स्थानीय तहमा पाँच वर्ष एउटा अवधि सकिएर अर्को अवधि सुरु भएकाले अब सुधार गर्न आवश्यक रहेको बताइन् ।


Author

थप समाचार
x