मकवानपुरमा १४ किलाे गाँजासहित दुई भारतीय नागरिक नियन्त्रणमा
मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । साेमबार बिहान हेटौंडा-१० बसपार्कबाट १४ किलाे गाजाँसहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यलयले मकवानपुरले जनाएकाे छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरूमा भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकियाका ३४ वर्षीय हनुमान विंद र सोही ठाउँकी ३५ वर्षीय शर्मिला मण्डल रहेको मकवानपुरले जनाएको छ । सोमबार प्रहरी चौकी बसपार्ककाे प्रहरी टोलीले गस्ती गर्दै जाँदा बसपार्कस्थित वीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रूपमा बसिरहेको अवस्थामा उनीहरूलाई पुर्जी दिइ सुरक्षा जाँच गर्ने क्रममा उनीहरूले झोलामा ल्याएको अवस्थामा १४ किलो लागूऔषध गाँजा फेला पारिएकाे हाे ।
उक्त परिमाणको गाँजा बरामदसँगै दुवै जनालाई नियन्त्रणमा लिई लिएर थप अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएकाे छ ।
३० एम्पुल लागूऔषधसहित सागर प्रहरी नियन्त्रणमा
यसैगरी मकवानपुर प्रहरीले ३० एम्पुल लागूऔषध डाईजेपामसहित १ जना नियन्त्रणमा दिएकाे छ । डाईजेपामसहित हेटौंडा ११ का सागर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
साेमबार साँझ ५:३० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ रातोमाटेस्थित सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ग ३१५ नम्बरको माईक्रो बसमा सवार हेटौंडा ११ का १९ वर्षीय घिमिरेलाई शंका लागि चेकजाँच गरेकाे थियाे । घिमिरेले लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल, ब्युनोर्फीन १० एम्पुल फेला परेको प्रहरीले जनाएकाे छ ।
घिमिरेलाई उक्त परिणामकाे लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया