समाज

पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

इकागज |
असार १२, २०८० मंगलबार ७:३४ बजे

फाइल तस्बिर

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशासन उलङघन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ माथि कारबाही गरिएकाे छ ।


यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधनलाई कारबाही गरिएको हो ।  


Author

थप समाचार
x