काठमाडौँ प्लाजाको राज घराना रेष्टुरेण्ट गजल र निरमाया दोहोरी साँझलाई सामान हटाउन नेपाल ट्रष्ट्रको निर्देशन
काठमाडौँ- नेपाल ट्रष्टले काठमाडौँ प्लाजामा रहेका राज घराना रेष्टुरेण्ट गजल एण्ड पार्टी भेन्यु र निरमाया दोहोरी साँझलाई सात दिनमा कोठा रहेको सामान हटाउन निर्देशन दिएको छ ।
पटक-पटक सूचना र छलफल गराउँदा पनि सञ्चालक सम्पर्कविहिन भएको तथा बेवास्ता गरिएकाले सात दिनभित्रमा कोठा खाली गर्न ट्रष्टले निर्देशन दिएको हो ।
ट्रष्ट्रले जारी गरेको सूचनामा कोठा खाली नगरेमा कानुनबमोजिम कोठा खाली गराइने उल्लेख छ । प्लाजाको कोठामा दुई वर्षदेखि सामान बेवारिसे अवस्थामा राखिएको छ । गत वैशाख १ गते सञ्चालक,प्रहरी र जनप्रतिनिधिसँग छलफल गरिएको पनि सूचनामा बताइएको छ ।
‘ सञ्चालकसमेतको उपस्थितिमा ताला खोली सामान जे जस्तो अवस्थामा रहेको छ । सोही अवस्थामा सामानको भरपाइ गरि सामान बुझिलिनु भएको र मुचुल्का तयार गरिएको थियो । हालसम्म पनि सामानका लागि सम्पर्क गरेका छैनन्,’ सूचनामा बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया