समाज

निजामती सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

इकागज |
असार १२, २०८० मंगलबार २०:४२ बजे

काठमाडौँ- लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने माग राखे । उनले अभिभवकहरूले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामती सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने जिकिर गरे ।


रेग्मीले मुलुकको सामर्थ्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने भनाइ राखे ।​ उनले निजामती कर्मचारीहरू २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई नै असर पुग्ने स्थिति आउने बताए । उनले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताए ।


Author

थप समाचार
x