कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु
कर्णाली - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ ।
‘राष्ट्रिय कचहरी’को उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गरे । सो अवसरमा मन्त्री शाहीले संघीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम पूरा भएको बताए ।
“जनताका माग र आवश्यकता पूरा गर्ने आश्वासन दिइयो”, उनले भने, “तर ती पूरा नहुँदा उनीहरूमा निराशा बढेको छ ।” संघीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले संघीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गरे । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट बिनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा आशंका व्यक्त गरे । उनले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको दाबी गरे ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताए । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ्य उत्पादन असर परेको उनले टिप्पणी छ ।
संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि सङ्गठन नेपाल तथा भूटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड र रुस–युक्रेन युद्धको असर, राजनीतिक संकट र वातारणीय असरले कर्णालीजस्ता क्षेत्रलाई असर पारेको उनको भनाइ छ । यस विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि सङ्गठनको आवश्यक सहयोग हुने उनले बताए ।
नगरपालिका संघ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूची अनुरुप काम नभएको बताए । संघीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उनले बताए ।
स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेसनल, वल्र्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० नेपालको आयोजनामा सुरु राष्ट्रि«य कचहरी दुई दिनसम्म चल्नेछ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया