समाज

धान दिवसमा तरहरा जेसिसले ज्येष्‍ठ नागरिकलाई खुवाए दहीच्युरा

इकागज |
असार १५, २०८० शुक्रबार १७:५४ बजे

तस्विरः ध्रुव भण्डारी

काठमाडौँ- धान दिवस अर्थात असार १५ को अवसरमा तरहरा जेसिसले ज्येष्ठ नागरिकलाई दही च्युरा खुवाएको छ । इटहरी उपमहानगरपालिका २० स्थित तरहराको तारकेश्‍वर मन्दिरमा आयोजित कार्यक्रममा ५० जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । दहीच्युरा खाने कार्यक्रममा ३० पुरुष र २० जना महिलाको उपस्थिति थियो ।


ज्येष्ठ नागरिक बिच एकआपसमा अनुभव साटासाट अनि एक्लोपनमा खुसी दिनका लागि यो कार्यक्रम आयोजना गरिएको तरहरा जेसिजका अध्यक्ष बाहदुर तामाङले बताए । ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै गएपछि नैराश्यता छाउने भएकाले यस्ता कार्यक्रमले उत्साह थप्ने उनले धारणा राखे ।

ज्येष्ठ नागरिकको उचित सम्मानले उनीहरूमा रहेको लामो अनुभव, ज्ञान र सीपको आत्मविश्वास बढ्ने अध्यक्ष तामाङको भनाइ छ । 'ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि आघात पुग्न नदिन र जेसिसले सक्दो सहयोग गर्नेछ,’ उनले भने ।

देश सेवामा समर्पण गर्ने, ज्येष्ठ नागरिकहरू हाम्रा अभिभावक र ज्ञान तथा अनुभवका श्रोत रहेको उनले प्रस्ट पारे । नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावका कारण आज भोलि परिवार र समाजमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएकाले यस्ता कार्यक्रममा पुनर्ताजगी पैदा गर्ने उनको विश्वास छ  ।

कतिपय ज्येष्ठ नागरिकहरूले अवहेलना र दुव्र्यवहार समेत व्यहोर्नुपरेको घट्नाले तरहरा जेसिसले समन्वय गरेको उनले स्मरण गरे । ' ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो मौलिक, साँस्कृतिक परम्परा, पारिवारिक मूल्य मान्यता र आदर्श पनि हो,’ तामाङले धान दिवसको दहीच्युरा कार्यक्रमा भनाइ राखे ।

 


Author

थप समाचार
x