एकाएक हिलाम्मे मकैबारीमा हेलिकप्टर ल्यान्ड भएपछि ...
काठमाडाै । झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैबारीमा हेलिकप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितिको सामना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरुको त यो अवस्थामा होस हवास उड्छ ।
ठ्याक्कै यस्तै भएको छ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा । असार १५ गते साँझ करिब पाँच बजे स्यालास्थित हिलाम्मे मकैबारीमा एकाएक हेलिकप्टर अवतरण हुँदा स्थानीयहरु आतंकित भए । कुनै जानकारी विना एकाएक हावासरी आएको हेलिकप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केहीबेर सन्नाटा छायो ।
मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ । डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकप्टर शुक्रबार अवेर पोखरा पुगेको जनाइएको छ ।
खास के भएको थियो घटना ?
बिरामी लिनको लागि पोखराबाट डोल्पाका लागि हिडेको हेली एभरेष्टको 9N-AKP हेलिकप्टर बिहान सन्धिखर्क टुडिखेलमा आकस्मिक अवतरण गर्यो । बिहान करिब साढे दश बजेतिर टुडिखेलमा अवतरण गरेको हेलिकप्टर सन्धिखर्कमा करिब आधा घण्टा बिताएर गन्तव्यतर्फ प्रस्थान गर्यो ।
डोल्पा पुगे पनि मौसम खरावका कारण तत्काल बिरामी बोकेर हिड्न नसकेको हेलिकप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खराबीका कारण बीचबीचमा रोकिदै यात्रा अगाडि बढायो । जसअन्तरगत दिउसो करिब ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्यालास्थित बारीमा आकस्मिक अवतरण गरेको थियो । मौसममा केही सुधार आएकपछि त्यहाँबाट पुन उडान गरेको हेलिकप्टर सकुशल पोखरा अवतरण गरेको सहि हेलिकप्टरका क्यप्टेन सुमन पोख्रेलले फोन मार्फत जानकारी गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया