नदीमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु
फाइल फोटो
धनगढी - कैलालीमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदीमा डुबेर मृत्यु भएको हो। उनलाई नदीबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई महेन्द्रनगर रोड स्थित गोदावरी नदीमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया