ललिता निवासको सार्वजनिक जग्गा तारबार गर्न महानगरको टोली बालुवाटार पुग्यो
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने निर्णय गरेको छ । थप जग्गा अतिक्रमण नहोस भनेर महानगरले ललिता निवासमा तारबार गर्न लागेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले इकागजलाई जानकारी दिए ।
‘ललिता निवासको धेरै जग्गा व्यक्तिको नाममा पास भइसक्यो । अब बाँकी रहेको जग्गा पनि अतिक्रमणमा नहोस भनेर महानगरले तारबार गर्ने निर्णय गरेको हो,’ बजगाईँले बताए ।
जग्गामा तारबार गर्न आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार पुगिसकेको बजगाईँले बताए ।
सिआइबीले ललिता प्रकरणमा संलग्न रहेको भन्दै केही दिनअघि चार जनालाई पक्राउ गरेको थियो । ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया