खुल्लामञ्चमा विपद् अभ्यास [फाेटाेफिचर]
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- काठमाडौँको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास गरिएको छ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो । सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो ।
सहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरूको उद्धार, सवारी दुर्घटनामा परेकाहरूको उद्धार र तीव्र उपचार विधि लगायतका विषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो । उद्धार प्रतिकार्य अभ्यासमा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगायतको पनि सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया