समाज

ललिता निवासका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरको सात दिने अल्टिमेटम

इकागज |
असार १७, २०८० आइतबार १८:२२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।

सात दिनको समय दिँदै सूचना टाँसेको काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उनले बताए । ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उनले बताए ।


ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।


Author

थप समाचार
x