रूपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
तिलोत्तमा- रूपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा–१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो ।
गम्भीर घाइते भई अचेत बनेका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पोस्टमार्टमपश्चात शव परिवारलाई बुझाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया