नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।
पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो । सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सोही स्थानमा बिहीबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया