समाज

इमाडोलबाट नक्कली नोटसहित एकजना पक्राउ

इकागज |
असार १७, २०८० आइतबार २०:१४ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-१ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।


उनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरूको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इमाडोलबाटै पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x