दार्चुलामा स्कुलको कम्पाउन्डबाट लडेर एक बालकको मृत्यु
दार्चुला- दार्चुलामा स्कुलको कम्पाउन्डबाट लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाउन्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार विहान करिब ११ बजेतिर विद्यालयमा खेलिरहेका बेला मान सिह महताका अन्दाजी १२/१३ वर्षका छोरा समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार स्कुलको कम्पाउन्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०/६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको हाे ।
घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया