नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
काठमाडौँ- नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान करिब २ बजे पहिरो खसेपछि अवरूद्ध सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।
बिहान ६ बजेदेखि थालिएको पहिरो पन्छाउन काम सकिएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टले बताए ।
पहिरोले एउटा ट्रक पल्टिएको थियो । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका थिए ।
आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो ।
यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया