समाज

काठमाडौँ महानगरले भन्योः ललिता निवास क्षेत्रमा भवन निर्माणको स्वीकृत दिन्‍नौँ

इकागज |
असार १८, २०८० सोमबार १०:५८ बजे

काठमाडौँ- ललिता निवास क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भवन निर्माण स्वीकृत नदिने भएको छ । सोमबार महानगरले सूचना जारी ललिता निवासले चर्चेको क्षेत्रमा भवन निर्माणको स्वीकृत नदिने र भवन निर्माणमा समेत रोक लगाइने जनाएको छ ।

काठमाडौँ महानगर ४ को बालुवाटारस्थित ललिता निवासमा भवन निर्माणको स्वीकृत नदिने र निर्माण सम्पन्नताको प्रमाणपत्र नदिने सूचना उल्लेख छ । निर्माण कार्य भइरहेको भएमा सो कार्य रोक्न सम्बद्ध निकायलाई यो सूचना जारी गरिएको बताइएको छ ।


सूचनाको उल्लंघन गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम भवनको संरचना भत्काइनेछ । भत्काउँदा लागेको खर्चसमेत सम्बद्ध घरधनीबाट असुल गरिने सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x