समाज

काठमाडौँमा पानी पर्न थाल्यो, भोलिसम्म भारी वर्षाको सम्भावना

इकागज |
जेठ ५, २०७८ बुधबार १०:२ बजे

फाइल फोटो

काठमाडौँ : भारतमा आएको ताउके आँधी र न्युनचापीय क्षेत्रको प्रभावले गर्दा काठमाडौँ उपत्यकामा पानी पर्न थालेको छ । बिहानैदेखि बदली भएको मौसमपछि पानी पर्न थालेको हो । उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्न सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा आएको आँधी भने अहिले कमजोर भइसकेको छ । 

महाशाखाका मौसमविद शान्ति कँडेलका अनुसार न्युनचापीय क्षेत्रको प्रभावले आज र भोलि देशभर भारी वर्षाको सम्भावना छ । बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद कँडेलले बताइन् ।


यस्तै भोलि बागमती, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । हिमाली जिल्लामा भने हिमपात हुनेछ । प्रि-मनसुन र न्युनचापीय क्षेत्रको प्रभाव नेपालमा रहेकाले वर्षा भएको मौसमविदले बताएका छन् । 


Author

थप समाचार
x