समाज

मदर मुनको आत्मवृतान्तको नेपाली संस्करण सार्वजनिक

इकागज |
असार १८, २०८० सोमबार १८:४२ बजे

काठमाडौँ - विश्व प्रशिद्ध शान्तिवादी नेत्री डा हाक जा हान मूनको (मदर मुन) आत्मवृतान्त 'शान्ति प्रिय आमा' नेपाली भाषामा प्रकाशित भएको छ।  कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गर्ने क्रममा आज छाया सेन्टरको अलफ्ट होटेलमा आयोजित विशेष कार्यक्रमको बीच संघीय संसद्को प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्। 

पुस्तक विमोचन पछि बोल्दै उपसभामुख रानाले डा.हाक जा हान मुनको आत्मा वृत्तान्त संसारका सम्पूर्ण महिलाहरूको लागी प्रेरणाको श्रोत हुने भन्दै शान्ति र मानव कल्याणको खानतिर उनको  योगदान अतुलनीय रहेको बताइन् । अर्का वक्ता पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकालले मदर मूनको नेपाल र नेपाली प्रति असिम प्रेम र लगाव रहेको  बताउँदै सधैं नेपालको उन्नति र प्रगतिमा उनको साथ रहेकोमा आभार व्यक्त गर्दै जीवनमा सफलताको लागि अनवरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मवृतान्तले दिएको बताए।


युपिएफका अन्तराष्ट्रिय अध्यक्ष डा चार्ल्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउँदै नेपाली आत्मवृतान्तले सम्पुर्णा नेपालीलाई सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए। वक्ताहरू लेखिका शोभा ज्ञवाली, वरिष्ठ गायक आनन्द कार्की,  प्राचार्य दीपक महर्जनलगायतले पुस्तकको विभिन्न पक्षमा आ-आफ्नो धारणा राखेका थिए।

विश्व शान्तिको लागि महिला संघकी बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागिमात्र नभइ अरुको लागि पनि सेवा गर्नुपर्छ भन्ने जोड दिएको बताउँदै शान्ति सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताइन् । कार्यक्रममा वरिष्ठ संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाइ 'शान्ति दुत' सम्मान प्रदान गरिएको थियो। 

तत्कालीन उत्तर कोरियामा जन्मिएकी श्रीमती डा हाक जा हान मुन कोरियाली युद्धसंगै दक्षिण कोरियामा शरणार्थी  जीवन देखि उनकी श्रीमान डा सन म्योङ्ग मुन संगको बिबाह र त्यसपश्चात् दम्पतीको रुपमा जिवनभर विश्व शान्तिको लागि गरेको जीवन संघर्षका अनुभूतिहरू आत्मवृतान्तमा समेटिएका छन्।  


Author

थप समाचार
x