समाज

पछिल्लो २४ घण्टामा २२ सय सवारी चालक कारबाहीमा

इकागज |
असार २०, २०८० बुधबार ७:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।


जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 


  


Author

थप समाचार
x