जातीय विभेदविरुद्ध माइतीघरमा जसपाको खबरदारी
काठमाडौं–जनता समाजवादी पार्टी, नेपालले जातीय विभेदका विरुद्ध खबरदारी गरेको छ । बुधबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी र पार्टी निकट संगठनहरुले खबरदारी गरेका हुन् ।
उनीहरुले जुम्लामा अन्तरजातिय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदका विरुद्ध खबरदारी गरेको छ । उनीहरुले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने माग राखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया