समाज

मिटरब्याजी पीडितको ६७ जिल्लामा २३ हजार ४७६ निवेदन

हालसम्म १२७० जनाको मुद्दा फर्छयौट

इकागज |
असार २१, २०८० बिहीबार १४:२८ बजे

काठमाडौँ- अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगमा २३ हजार ४७६ निवेदन परेका छन् । विभिन्न जिल्लाबाट मिटर ब्याजी साहुबाट पीडितहरूले काठमाडौँमा आएर आन्दोलन गरेपछि सरकारले आयोग गठन गरेको थियो  ।

पीडितलाई न्याय दिलाउन  सरकारले ७७ जिल्लाको प्रशासन कार्यालयबाट निवेदन लिन सहायता कक्ष खडा गरेको थियो । विभिन्न जिल्लामा भएका पीडितहरूले वैशाख १७ देखि जेठ १४ गतेसम्म निवेदन दिएका थिए ।


जिल्लामा सहायता कक्ष खडा गरि पीडितलाई निवेदन दिने व्यवस्था गरिएको थियो । गुगलबाटै सिधा फारम भरेर पनि निवेदन दिनेसमेत व्यवस्था गरिएको थियो ।

मधेश प्रदेशको ८ जिल्लामा १८ हजार २१ र पश्चिम नवलपरासीमा १ हजार ८८९ जनाको निवेदन परेको थियो । ९ जिल्लामा मात्र १९ हजार ९१० जना पीडितले निवेदन दर्ता गराएका थिए ।

मधेश प्रदेशको ८ जिल्लामा मात्र १ हजार ३८ जनाको मुद्दा फर्छयौट भएको थियो । सबैभन्दा बढी सर्लाही २४९ जनाको मुद्दा फर्छयौट गरेको छ । कुल १ हजार २७० जनाको मुद्दा फर्छयौट भएको छ ।

१० जिल्लामा भने पीडितको निवेदन नपरेको आयोगले जानकारी दिएको छ ।

सरकारले गौरीबहादुर कार्की अध्यक्षतामा आयोग गठन गरेको थियो । पूर्व एआइजी उत्तमराज सुवेदी र पूर्व नायव महान्याधिवक्ता गणेशबाबु अर्याललाई सदस्य बनाएको थियो ।

 

 

 

 

 


Author

थप समाचार
x