तिलगंगामा जयन्ती लम्सालको नाममा ५१ लाखको अक्षयकोष स्थापना
काठमाडौँ - शिक्षासेवी जयन्ती लम्सालको नाममा तिलगंगा आँखा प्रतिष्ठानमा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र जयन्ती लम्साल बिच ’जयन्ती लम्साल फेलोसिप कार्यक्रम’ संचालन गर्ने सम्झौता भएको हो । फेलोसिप प्रदान गर्नका लागि कोषको व्यवस्था गर्न लम्सालले ५१ लाख रुपैयाँ प्रदान गरेकी हुन् ।
यसको ब्याज आम्दानीबाट अपुग रकम आँखा प्रतिष्ठानको आन्तरिक कोषबाट शोधभर्ना गरिने छ । बिहीबार कोषको तर्फबाट जयन्ती लम्साल र आँखा अस्पतालको तर्फबाट डाक्टर सन्दुक रुइतले हस्ताक्षर गरेका थिए । लामो समय शिक्षा सेवामा सक्रिय जयन्ती लम्साल चामुण्डा माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया