समाज

कैलालीमा बन्दै गरेको नालामा भेटिएको बम सेनाद्वारा निष्क्रिय

इकागज |
असार २२, २०८० शुक्रबार १८:१० बजे

कैलाली- घोडाघोडी नगरपालिका–१ इलाका प्रहरी कार्यालय सुखड पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।  

बिहान कामदारहरूले नाली खन्ने क्रममा विस्फोटक पदार्थ (बम) देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए ।​ बढैपुरबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएकाे छ । 


उक्त प्लास्टिक ग्रेनेड बम द्वन्द्वकालको समयमा विद्रोही पक्षले लुकाइए छिपाई राखिएको हुन सक्ने आशङ्का गरिएको छ ।


Author

थप समाचार
x