गैँडा मारेको २५ वर्षपछि फरार अभियुक्त पक्राउ
फाइल तस्बिर
चितवन- गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी भरतपुर कारागार चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय फैसला गरेको थियो ।
भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया