जन्मदिन मनाउन ज्ञानेन्द्र शाह अन्तै गएपछि निर्मलनिवास पुगेका राजावादीहरू गेट बाहिरबाटै फर्किए
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७ औँ जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् ।
पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू गेटबाटै पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए । निर्मलनिवासमा ज्ञानेन्द्र नभएको भन्दै उनीहरूलाई गेटभित्र प्रवेश गर्न दिइएन् ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् ।
बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया