सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध
सडक खुलाउन पहिरो हटाइँदै । तस्बिरः रासस
मुग्लिन- नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया