समाज

विषालु च्याउ खाँदा दैलेखमा चार बालबालिका बिरामी

इकागज |
असार २३, २०८० शनिबार २१:५४ बजे

दैलेख- दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् ।

च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा. सुशीला कटुवालले जानकारी दिए ।


बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरू चारैजना बिरामी परेका हुन् ।


Author

थप समाचार
x