समाज

दूधको अनुदान रोकेको विरोधमा किसानहरूले घेरे मन्त्रालय

इकागज |
असार २४, २०८० आइतबार १३:४५ बजे

मकवानपुर– बागमती प्रदेश सरकारले दोहोरो अनुदान हुने भन्दै भरतपुरसहित चितवनका तीन स्थानीय तहलाई दूधमा दिँदै आएको अनुदान रोकेपछि किसानहरूले प्रदेशको मन्त्रालय घेरेका छन् । 

व्यापारीले भारतबाट दूध ल्याएपछि केही दिनयता चितवनको दूधले बजार नपाएको किसान किशोर बगालेको गुनासो छ ।


यता पशु बीमाको रकमसमेत किसानले पाएका छैनन् । पीडित किसानहरूले कृषिमन्त्रीको राजीनामा मागेका छन् ।  ‘जनमारा सरकार मुर्दाबाद’, ‘कृषिमन्त्री राजिनामा दे,’ लगायत नारा लगाउँदै किसानहरुले राजीनामा मागेका हुन्।

अहिले धर्ना जारी छ ।


Author

थप समाचार
x