समाज

मिटरब्याज पीडितलाई भेट्न माइतीघर पुगे गृहमन्त्री

इकागज |
असार २४, २०८० आइतबार १८:१८ बजे

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन् ।

आइतबार अपराह्न माइतीघरस्थित धर्नास्थल पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन् । भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका थिए ।


माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन् ।


Author

थप समाचार
x