बालेनलाई हर्कको ढाड्स : नडराउनुस् नबिराउनुस् साथमा छौँ
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाड्स दिएका छन् ।
आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाड्स दिएका हुन् ।
अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ ट्वीट गरेपछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौँका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,
‘आज एउटा विशेष दिन,
आजबाट म तारिखमा छु,
भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै ,
प्रधानमन्त्रीज्यूले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा ।
म आजबाट अपराधी ।’
त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्वीटमा जवाफ दिदैँ लेखे, ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया