काठमाडौंका मेयर बालेन शाहविरुद्ध महानगर अगाडि विरोध
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले विरोध प्रदर्शन गरेको छ ।
‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ ।
महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए । उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुर्व्यवहार गनेको बताए । उनले संविधानले बाँच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन् गरेको आरोप मेयर शाहलाई लगाए ।
उनले मेयर तथा महानगरविरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताए । महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको भनाइ राखे । उनले महानगरले जसरी अमानवीय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताए ।
त्यस्तै,विरोध प्रदर्शनमा सहभागी युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको जनाए । उनले फुटपाथका गेलागाडा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गर्नुभएको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया