समाज

चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा बरामद

इकागज |
असार २७, २०८० बुधबार १३:३१ बजे

काठमाडौं – जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएको सामान बरामद गरेको छ । पर्साको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएको चोरीको सामान बरामद गरेको हो । 

बरामद गरिएको सामानमा ७० पिस लेडिज कुर्था सुरुवाल, सात थान थानको कपडा, ४० पिस सेन्डो गरेर जम्मा एक लाख रूपैयाँ बराबरको सामान रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 


साथै आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले जानकारी गराए ।


Author

थप समाचार
x