समाज

महानगरले आफ्ना प्रहरीलाई भन्यो– नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नू

इकागज |
असार २७, २०८० बुधबार १३:५६ बजे

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आदेश र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ गरेको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरूसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकाले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरेको हो ।

यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभागृहमा भेला गरिएको थियो । ब्रिफिङका क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारबाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारबाही नगर्नू । नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नू ।’ 


‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश शृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई पालना गर्नू,’ पाण्डेको भनाइ थियो ।


Author

थप समाचार
x