समाज

दलितमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण

इकागज |
असार २७, २०८० बुधबार १८:३७ बजे

फाइल फोटो

काठमाडौँ - देशका विभिन्न भागमा दलितमाथि भएका दुर्व्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

देशका विभिन्न भागमा दलितमाथि भएको दुर्व्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो । शान्ति समाज काठमाडौँ शाखाले शान्ति स्तूप बौद्धनाथ अगाडि एक प्रदर्शनीको आयोजना गरेको थियो । 


‘जातीय भेदभाव अन्त्य गरौँ : मानव अधिकारको सम्मान गरौँ, दलित अधिकार : मानव अधिकार, दलित विभेदको अन्त्य ः मानव अधिकारको गन्तव्य, सबैका लागि सबै मानव अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित ६० जनाभन्दा ज्यादा अधिकारकर्मीले प्रदर्शन गरेका थिए । 
  
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौँलागाईं, सामाजिक अभियानकर्मी श्रीराम चालिसे लगायतले दलित अधिकारको सम्मान गर्न आग्रह गरेका थिए । रासस


Author

थप समाचार
x