समाज

कोभिडले नेपाल प्रहरीका डीएसपी केसीको मृत्यु

इकागज |
जेठ ६, २०७८ बिहीबार ८:४२ बजे

काठमाडौँ : कोभिड १९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत डीएसपी केसीको बुधबार राती मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

कोभिड संक्रमणपछि महराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उनको उपचार भइरहेको थियो । दुई हप्ता अघि उनलाई कोभिड पुष्टि भएको थियो । निषेधाज्ञापछि ड्युटीमा खटिएका उनलाई कोभिड पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।


तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x