समाज

चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाइलेज' घाँस चीन निर्यात

इकागज |
असार ३०, २०८० शनिबार १६:३४ बजे

काठमाडौँ- नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाइलेज' घाँस चीन निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रूपमा चितवनको भरतपुरबाट चीनमा (हाइलेज) घाँस निर्यात सुरु भएको हो ।

चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे । सो क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए ।


व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उक्त अवसरमा हाइलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीन तर्फ पठाइएको थियो । करिब ८० टन हाइलेज चीनको सिगाचेमा पठाएको छ ।

करिब ३ वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ । 


Author

थप समाचार
x